बन्धक बनाएर किशोरीको यौन शोषण

२४ भाद्र २०६९, आईतवार १८:५३ मा प्रकाशित

काठमाडौं, २४ भदौ । यौन उत्पीडनमा परेकी एक किशोरीलाई इलाका प्रहरी कार्यालय धरानले सुनसरीको धरान–८ स्थित भोटेपुलबाट उद्धार गरेको छ । उदयपुरको हटिया बस्ने परियार थरकी १४ बर्षीया किशोरीलाई घरमा काम खोजी दिने आश्वासन दिएर फकाई एक महिनासम्म बन्धक भएर योन शोषण गरिएको ढिलनेगरी खुलासा भएको प्रहरीले जनाएको छ । ३२ बर्षीय राज लिम्बूले किशोरीलाई इटहरीबाट घरमा ल्याइ एक महिना सम्म बन्धक बनाएको हो । लिम्बुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।
आमा अर्कै युवकसँग विवाह गरेको र बाबुले कान्छी आमा लिएर हिँडेपछि हजुरबा हजुरआमासँग बस्दै आएकी किशोरी काम खोज्दै उदपुरबाट बसमा दमक आउँदा सुनसरीको भण्टाबारीमा राज लिम्बुले काम खोजी दिने भनेर फकाएको किशोरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घरमा ल्याएपछि सहारा दिने भन्दै लिम्बुले शारिरिक सम्बन्ध राख्न बाध्य बनाएको थियो ।
राज लिम्बुको घरबाट भाग्दा हल्ला भएको र त्यसैको आधारमा छिमेकीले प्रहरीलाई सूचना दिएपछि किशोरीको उद्धार भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बुधबार भएको कक्षा

खोटाङ । चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको