८ हजार ५२० जनामा कोरोना पुष्टि, ६ हजार १३५ संक्रमणमुक्त

३१ बैशाख २०७८, शुक्रबार १८:४२ मा प्रकाशित

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर २० हजार ९ सय ४८ आरटी पिसिआर र ५ सय ३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । यीमध्ये १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । काठमाडौंमा २ हजार ४ सय ५८, ललितपुरमा ५ सय ५६ र भक्तपुरमा ३ सय ३५ जना गरी उपत्यकामा ३ हजार ३ सय ४९ जना संक्रमित थपिएका छन् ।

शुक्रबार देशभर ६ हजार १ सय ३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार १ सय ३५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २७ हजार ६ सय ५३ जना पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २ सय ३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य