पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमण भई २१ दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरू नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
३१ बैशाख २०७८, शुक्रबार १७:५१ मा प्रकाशित

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना सङ्क्रमण भई २१ दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरू नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्व राजा ज्ञानेन्द्र वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि कोमल र प्रेरणासमेत डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य