हप्तामा एक पटक नुहाउन थाले अमेरिकी

३१ बैशाख २०७८, शुक्रबार ०९:४५ मा प्रकाशित

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने भन्ने हाम्रो समाजमा यस्ता कुरा सामान्य लाग्न सक्छन् । तर आजभोलि हाम्रो समाजमा पनि दैनिक नुहाएर फ्रेस हुने भन्ने विस्तारै विकास हुँदै गइरहेको छ ।

दैनिक नुहाउने अमेरिकीहरु आजभोलि कोरोना महामारीका कारण हप्तामा एक पटक नुहाउन थालेका छन् । अमेरिकाको मार्था वाइनयार्डकी रोबिन हार्परले महामारीको समयमा हप्तामा एकपटक नुहाउन थालेकी छन् । ४३ वर्षकी हार्पर एक प्रिस्कूलमा एडमिनिस्ट्रेटिभ असिस्टेन्ट हुन् । उनले कोरानाले आफूलाई घरमै बन्द गरेको भन्दै यस्तो फैसला लिएको बताइन् । त्यसो त यो जीवनशैलीलाई पर्यावरणका लागि व्यवहारिक मानिएको छ । हार्पर भन्छिन्, ‘यसलाई खराब नसम्झिनुहोस् । म फेरि स्कूल जान लागेकी छु । म स्कूलमा भएको बेला मेरो विद्यार्थीहरुले मेरो शरीरबाट दुर्घन्ध निस्किए सावधान गर्न सक्छन् । त्यसकारण म यो रुटिङ आगामी दिनमा पनि अपनाउँछु ।’

यस्तो गर्ने रोबिना मात्र एक्ली होइनन् । अमेरिका र बेलायतमा महामारी पश्चात यो एक प्रकारको ट्रेण्ड नै भएको छ । महामारीले खाने, पिउने र लगाउने आदतमा पनि असर परेको छ । अभिभावकहरुले आफ्ना बच्चाहरु नुहाउन इन्कार गरिरहेको गुनासो गर्न थालेका छन् । बेलायतमा युगवको एक सर्भेक्षणका अनुसार १७ प्रतिशतले दैनिक नुहाउन छोडेका छन् । धेरै सामाजिक सञ्जालमा पनि मानिसहरु यो कुरा स्वीकार गर्न थालिसकेका छन् । लण्डनका पर्यावरणविद् डानाच्याड मेक्कार्थीका अनुसार दैनिक ननुहाउने एकदम नयाँ घटना हो । हप्तामा एक दिन नुहाउने म्याक्कार्थी दैनिक पानी खर्च नगर्ने तर आवश्यक सफाइ त डुबेर पनि हुन सक्ने ठान्छिन् ।

सन् १९९२ मा उनी अमेजनको जंगलमा गएकी थिइन् । त्यहाँ उनले आवश्यकभन्दा बढी विकास र हाम्रा आदतहरुले प्रकृतिलाई नराम्ररी नोक्सान भइरहेको महशुस गरिन् । उनी दैनिक साबुनले नुहाउँदा पनि प्रदुषण बढिरहेको बताउँछिन् । ४२ सालकी केली मिलोच कम नुहाउनु राम्रो छाला र स्वच्छ पृथ्वी बनाउनु हो भन्छिन् । केली प्रश्न गर्दै अगाडि भन्छिन्, ‘मेरो काम मेरी छोरी लिन स्कूल जाने मात्र हो । मलाई कसैसँग भेट हुनु छैन भने दैनिक नुहाउनु मलाई के जरुरी ?’

एस्टनमा पर्यावरण विज्ञानका प्रोफेसर एन्ड्रिया आर्मस्ट्राङ्ग मानिसहरुलाई कम नुहाउनका लागि प्रोत्साहित गर्छन् । उनी कार्बन उत्सर्जन घटाउनका लागि धेरै संख्यामा मानिसहरुले यसो गर्नुपर्ने बताउँछन् । उनका अनुसार वाटर रिसर्च फण्डको रिपोर्टमा ८ मिनेट शावरमा बस्दा करीब ६४ लिटर पानी खर्च हुन्छ । ईपिए भन्छ, ‘५ मिनेट पानी बगाउनु ६० वाटको बल्ब १४ घण्टासम्म बाल्नु बराबर हो । ठूलो संख्यामा चिकित्सक र स्वास्थ्य विज्ञहरुले दैनिक नुहाउनु आवश्यक नभएको बताइसकेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य