विश्वका दश प्राचीन भाषाहरुको नालीबेली

३१ बैशाख २०७८, शुक्रबार ०९:०४ मा प्रकाशित

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का साथ भन्न सकिदैन तर एक अनुमानको अनुसार लगभग ६८०९ जसमध्ये भाषाहरूको ९० प्रतिशत भाषाहरु बोल्नेहरूको संख्या एक भन्दा कम छ। अध्ययनले यो पनि देखाएको छ संसारका १५० देखि २०० वटा भाषाहरु दश लाख भन्दा बढी मानिसहरुले बोल्छन। करिब ३५७ वटा भाषाहरु यस्ता छन् जुन ५० जना मानिसहरु मात्र प्रयोग गर्छन। भाषा सम्बन्धि अर्को रोचक पक्ष, संसारमा लगभग ४६ वटा भाषाहरु यस्ता छन् जुन १ जना व्यक्तिले मात्र बोल्छन, तर यसको एकिन तथ्यांक भने छैन ।

अब चर्चा गरौ संसारका दश पुराना भाषाहरु :

१. संस्कृत भाषा
विश्वको सबैभन्दा पुरानो भाषा संस्कृत हो। संस्कृत भाषालाई देवभाषा भनिन्छ । सबै युरोपेली भाषाहरू संस्कृतबाट प्रभावित देखिन्छन्। विश्वभर फैलिएका सबै विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूले संस्कृतलाई सबैभन्दा प्राचीन भाषाको रूपमा लिएका छन्। विश्वका सबै भाषाहरू संस्कृतबाट कतै न कतै उत्पत्ति भएको विश्वास गरिन्छ। संस्कृत भाषा इशापूर्व ५,००० वर्ष अगाडिदेखि बोलिने गरेको छ। संस्कृत अहिले पनि भारतको आधिकारिक भाषा हो। तर, अहिलेको समयमा भने संस्कृत भाषाको सट्टा पूजा आजा र संस्कारको भाषा बनेको छ । हिन्दू धर्ममा गरिने समस्त आशिषपूर्ण कृतिहरू वेद मन्त्रद्वारा वाचन गरिन्छ जसको भाषा संस्कृत हो।

२. तमिल भाषा
तमिल भाषा विश्वको सबैभन्दा पुरानो भाषाको रूपमा मान्यता प्राप्त छ र यो द्रविड परिवारको सबैभन्दा पुरानो भाषा हो। लगभग ५,००० वर्षअघि पनि यस भाषाको उपस्थिति थियो। एउटा सर्वेक्षणअनुसार १८६३ वटा अखबार तमिल भाषामा हरेक दिन मात्र प्रकाशित हुन्छन्। हाल, तमिल भाषाका वक्ताहरूको संख्या लगभग ७.७ करोड छ। यो भाषा भारत, श्रीलंका, सिंगापुर र मलेसियामा बोलिन्छ।

३. ल्याटिन भाषा
ग्रीक संसारको तेस्रो सबैभन्दा पुरानो भाषा हो। ल्याटिन भाषा पुरातन रोमी साम्राज्य र पुरातन रोमी धर्मको आधिकारिक भाषा थियो। हाल यो रोमन क्याथोलिक चर्चको आधिकारिक भाषा र भ्याटिकन सिटीको आधिकारिक भाषा हो। संस्कृत जस्तै यो पनि शास्त्रीय भाषा हो। ल्याटिन भाषा इन्डो-युरोपेली भाषा परिवारको रोमान्स शाखामा आउँछ। यसबाट फ्रान्सेली, इटालियन, स्पेनिश, रोमानियन, पोर्चुगिज र अहिलेको सबैभन्दा लोकप्रिय भाषा अंग्रेजी को उत्पत्ति भएको छ। युरोपमा ईसाई धर्मको प्रभुत्वका कारण मध्यकालीन र पूर्व-आधुनिक समयमा ल्याटिन भाषा लगभग सबै युरोपको अन्तर्राष्ट्रिय भाषा थियो जसमा सबै धर्म, विज्ञान, उच्च साहित्य, दर्शन र गणितका पुस्तकहरू लेखिएका थिए।

४. हिब्रू भाषा
सामी-हामी भाषा-परिवारको सेमिटिक शाखाअन्तर्गत पर्ने भाषा हिब्रू हो। हिब्रू भाषा लगभग ३,००० वर्ष पुरानो छ। हाल यो इजरायलको आधिकारिक भाषा हो, यसको लोप भएपछि, इजरायली जनताले यसलाई पुनर्जीवित गरे। यहूदी समुदायले यसलाई ‘पवित्र भाषा’ ठान्छन् र बाइबलको पुरानो नियम त्यसमा लेखिएको थियो। हिब्रू भाषा हिब्रू लिपिमा लेखिएको छ र यो दायाँदेखि बायाँ पढिन्छ र लेखिन्छ। आजकल पश्चिमी विश् वविद्यालयहरूमा हिब्रू अध्ययन तुलनात्मक रूपमा निकै लोकप्रिय छ । प्रथम विश्वयुद्धपछि प्यालेस्टाइनको आधिकारिक भाषा पनि आधुनिक हिब्रू भाषा हो।

५. मिश्री भाषा
मिश्री भाषा मिश्रको सबैभन्दा पुरानो ज्ञात भाषा हो। यो भाषा अफ्रो-एसियाली भाषिक परिवारको हो। यो ख्रीष्टबाट २६००–२००० वर्ष पुरानो हो। यो भाषाले अझै पनि आफ्नो मौलिकतालाई जीवितै राखेको छ।

६. ग्रीक भाषा
ग्रीक भाषा युरोपको सबैभन्दा पुरानो भाषा हो र यो इशापूर्व १४५० वर्षअघि देखि बोलिने भाषा हो। हाल ग्रीक भाषा ग्रीस, अल्बेनिया र साइप्रसमा बोलिन्छ। आज पनि झन्डै १ करोड ३० लाख मानिसहरू युनानी भाषा बोल्छन्।

७. चिनियाँ भाषा
चिनियाँ भाषा संसारमा सबैभन्दा बढी बोलिने भाषा हो। यो चीन र पूर्वी एसियाका केही देशहरूमा बोलिन्छ। चिनियाँ भाषा चिनियाँ-तिब्बती भाषा-परिवारको हो र वास्तवमा यो भाषा र उपभाषाहरूको समूह हो। स्टाण्डर्डाइज्ड चाइनिज वास्तवमा “म्यानडरिन” भन्ने भाषा हो। येशू आउनुभन्दा अघि पनि यो भाषा १२०० वर्ष पुरानो हो । हाल लगभग १ अरब २० करोड मानिसहरू चिनियाँ भाषा बोल्छन्।

८. अरबी भाषा
यो भाषा आज हिब्रू र अरबी भाषामा पाइन्छ। यो कुनै समय आर्मेनियाली गणतन्त्रको आधिकारिक भाषा थियो। ईसापूर्व १,००० वर्षअघि यस भाषाको प्रयोग हुन थालेको थियो। आज पनि इराक, इरान, सिरिया, इजरायल, लेबनान र आधुनिक रोममा अरबी भाषा बोलिन्छ।

९. कोरियाली भाषा
कोरियाली भाषाको प्रयोग लगभग ६०० ईसापूर्व ६०० बाट बोल्न शुरु गरिएको हो । हाल, लगभग ८ करोड मानिसहरू कोरियाली भाषा बोल्छन्। यो भाषाको स्क्रिप्ट हाङ्गुल हो । प्राचीन समयमा चिनियाँहरू कोरियामा बसोबास गर्थे। त्यसैले कोरियाली भाषा चिनियाँ भाषाबाट निकै प्रभावित छ।

१०. अर्मेनियाली भाषा
आर्मेनियालीहरूले बोल्ने अर्मेनियाली भाषा इंडो-यूरोपीय भाषिक समूहको एउटा हिस्सा हो।हाल करिव ५ प्रतिशत मानिसहरुले बोल्ने यो भाषा ईसापूर्व ४५० देखि प्रयोग मा छ, जसको प्रमाण पाँचौं शताब्दीमा लेखिएका बाइबलहरू हून। यो भाषा मेसोपोटामिया र ककसको मध्यवर्ती उपत्यकाहरू र कालो समुद्रको दक्षिण-पूर्वी क्षेत्रमा बोलिन्छ। यो क्षेत्रमा आर्मेनिया, जर्जिया र अजरबैजान (उत्तर पश्चिमी इरान) मा पर्दछ। साथै आर्मेनिया गणराज्यको आधिकारिक भाषा हो।

बाबा राजेश्वरी थापा
भिएना, अस्ट्रिया

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी