एसटीडी कलको मूल्य देशभर एकनास गरिने

२४ भाद्र २०६९, आईतवार १२:५४ मा प्रकाशित

काठमाडौं, २४ भदौ । नेपाल टेलिकमले असोजदेखि एसटिडी महसुल हटाएर मिनेटको एक रुपैयाँमात्र बनाउने तयारी गरेको छ। सो व्यवस्थाअनुसार टेलिकमको ल्यान्डलाइनबाट देशभरि अब जहाँसुकै फोन गरे पनि एसटीडी चार्ज नलागी मिनेटको जम्मा एक रुपैयाँमात्र लाग्ने छ। टेलिकमको नयाँ महसुल प्रस्तावलाई दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएको बताइएको छ।
यसरी एसटीडी शुल्क घटाउने तयारीसंगै टेलिकमले लोकल कल कम गर्न उपभोक्तालाई मानसिक दबाब पनि दिएको छ। लोकल कल गर्दा बिहान, बेलुका, दिउँसो र राति छुट्टाछुट्टै समयावधि गणना हुने गरेकोमा अबदेखि त्यस्तो सुविधा हुनेछैन। अब जुनसुकै बेलाको पनि दुई मिनेट बराबर एक कल मानिनेछ। राति १० बजेपछि लोकल कल सस्तो हुन्छ भनेर लामो कुराकानी गर्नेलाई अब असर पर्नेछ।
असोजभित्रै नयाँ महसुल कार्यान्वयनमा ल्याउने टेलिकम अधिकारीले बताएका छन्। नयाँ महसुल दर लागु गर्न कम्तीमा दुई साताको तयारी चाहिन्छ। असोज १ देखि लागु गर्न नभ्याउने भएकाले १५ गतेदेखि लागु गर्ने तयारी टेलिकमको रहेको बझिएको छ।
देशभरि एसटिडी फोनको एउटै दर भए पनि बिलिङ भने लोकल कलको रुपमा हुँदैन। एसटिडीकै रुपमा बिलिङ हुन्छ र मिनेटको एक रुपैयाँ महसुल लाग्छ। टेलिकमले मासिक दुई सय रुपैयाँमा एक सय ७५ लोकल कल गर्न दिन्छ। एक सय ७५ कलभन्दा माथि उठे थप महसुल लाग्छ। स्मरण रहोस्, मोबाइलबाट मोबाइलमै कल गर्दा देशभरि जहाँ गरे पनि एक मिनेट बराबर एक रुपैयाँमात्र छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ