एमालेका चार नेतामाथिको कारबाही फुकुवा

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसालको कारबाही फुकुवा गरेको हो । एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो ।
३० बैशाख २०७८, बिहीबार १५:१३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसालको कारबाही फुकुवा गरेको हो । एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो ।

कारबाही फुकुवा गर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बैठकले अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य