निशाको यस्तो माया

३० बैशाख २०७८, बिहीबार ०७:४६ मा प्रकाशित

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा २० लाख भन्दा धेरै पटक हेरिएको छ। गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ भने दिपक शर्माले संगीत भरेका छन् । गीतकार निशाका प्रेमिक शब्दको समिश्रणले गीतलाई उत्कृष्टता दिएको छ।

पहिलो गीतबाटै निशाले दर्शक स्रोताको राम्रो राम्रो प्रतिक्रिया पाएकी छिन् । क्यानडामा बस्दै आएकी निशाले गीत सृजनामा डेव्यु गर्दै गर्दा उनका धेरै शुभचिन्तकले बधाई तथा शुभकामना पनि दिएका थिए।बिधान कार्कीले निर्दशन गरेको म्युजिक भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।

म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन , विकाश दाहालको सम्पादन ,नन्दा अधिकारिको मेकअप समाबेस रहेको छ। गीतकार अर्याल यतिबेला नयाँ गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन। जहा दिपक शर्माको संगीत ,रामककृष्ण ढकालको स्वर सुन्न सकिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

काठमाडौं । नायिका केकी अधिकारी १० दिने ‘आर्यमौन विपश्यना ध्यान शिविर’बाट फर्किएकी छन्। पहिलोपल्ट विपश्यनाका लागि गएको भन्दै अनौठो अनुभूति

बलिउड । शनाया कपुर बलिउडका नायक संजय कपुरकी छोरी हुन् । शनाया चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन्

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा