कामको ज्यालावापत एक किलो सुन मागियो

२४ भाद्र २०६९, आईतवार १२:४३ मा प्रकाशित

काठमाडौं, २४ भदौ । कामको ज्यालावापत सुनको तक्माको माग, त्यो पनि एक किलोभन्दा बढी तौलको । सुन्दै अचम्म लाग्दो कुरा तर यस्तै माग गर्दै ललितपुर कुपन्डोलस्थित दुईतारे होटल ग्रिनविच भिलेजका मजदूरहरुले होटल बन्द गराएका छन्। एकीकृत नेकपा माओवादी र एमाले समर्थित मजदुर युनियनमा आवद्ध मजदुरले होटल व्यवस्थापन समक्ष राखेका २२ सुत्रीय मागपत्रमा पुराना कर्मचारीलाई एक किलोभन्दा बढी तौलको सुनको तक्मा दिनुपर्ने उल्लेख छ।
सुनको तक्मा दिनुपर्नेसहित विभिन्न माग राख्दै मजदुरले गत १९ गतेदेखि नै होटल बन्द गराएका हुन्। मजदुर युनियनले होटल व्यवस्थापनलाई बुझाएको मागपत्रअनुसार २० वर्ष काम गरिसकेका कर्मचारीलाई १ किलो १ सय ग्राम ९९४।३० तोला० तथा १५ वर्ष काम गरेकालाई ५ सय ५० ग्राम (४७।१५ तोला) सुनको तक्मा दिनुपर्ने छ।
आफ्ना मजदुरका माग सुनेर होटल सञ्चालकहरु जिल्ल परेका छन् । ‘सेवा सुविधा वृद्धिको माग राख्नु त स्वाभाविक हुन्थ्यो तर कहिल्यै नसुनिएको मागले हामीलाई रनभुल्ल तुल्याएको छ’, होटलका नायब प्रबन्ध निर्देशक प्रविण आचार्यले भने ।
नेपाली बजारमा शनिबारसम्म सुनको भाउ प्रतितोला ६० हजार ५ सय रुपैयाँ छ। ग्रिनविच मजदुरले मागेजति सुनको भाउ हिसाब गर्दा २० वर्ष पुराना मजदुरलाई ९४।३० तोलाको ५७ लाख ५ हजार ५ सय ८९ रुपैयाँ पर्न आउँछ। त्यसै गरी १५ वर्ष काम गरेका मजदुरलाई ४७।१५ तोलाको २८ लाख ५२ हजार ७ सय ९४ रुपैयाँ लाग्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार