बार्सिलोनालाई धक्का

३० बैशाख २०७८, बिहीबार ०७:३९ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको हो ।

पहिलो हाफमा लियोनल मेस्सी र पेड्रो गोन्जालेज लोपेजले एक एक गोल गरि बार्सिलोनालाई २–० को अग्रता दिलाए । तर दोस्रो हाफमा सो अग्रता कायम हुन सकेन । लेभान्तेका गोन्जालो मेलेरो र जोसे लुइज मोरालेसले गोल गरि खेल २–२ को बराबरीमा ल्याए ।

६४ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरि पुनः बार्सिलोनालाई अग्रता दिलाए । तर ८३ औँ मिनेटमा लेभान्तेका सर्जिओ लिअनले बराबरी गोल गरे । बराबरीसंगै दोस्रो स्थानको बार्सिलेनाको दुई खेल बाँकी छंदा ७६ अंक भएको छ ।

तीन खेल खेल्न बाँकी रहेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७७ र तेस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ । ला लिगा अन्तर्गत गएराति भएका अन्य अन्य खेलहरुमा ओसासुनाले काडिजलाई ३–२ ले र एलाभेसले एल्चीलाई २–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका

पेरिस । फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को