कर्णाली प्रदेशमा तीन मन्त्री थपिए, दुईको राजीनामा

२९ बैशाख २०७८, बुधबार १७:२१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नयाँ मन्त्रीमा नियुक्त हुनेमा सुर्खेतका विन्दमान विष्ट र सीता नेपाली तथा रुकुम पश्चिमका गोपाल शर्मा रहनु भएको छ । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको छ ।

आर्थिका मामिला तथा योजना मन्त्री केसी र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले आज राजिनामा दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य