थपिए ९ हजार ३०५ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

२९ बैशाख २०७८, बुधबार १६:४९ मा प्रकाशित

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ६८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ३ सय ६२ आरटी पिसिआर र ४ सय २४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ । यीमध्ये १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । काठमाडौंमा ३ हजार २ सय ५, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ जना गरी उपत्यकामा ३ हजार ९ सय २४ जना संक्रमित थपिएका छन् ।

बुधबार देशभर ४ हजार ४ सय ४४ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार ४ सय ४४ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १६ हजार ४ सय ६३ जना पुगेको छ । निको हुने दर ७४.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ६८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य