ठाकुर पक्षद्वारा बहुमतीय सरकार गठनमा सहभागी नहुने राष्ट्रपतिलाई जानकारी

२९ बैशाख २०७८, बुधबार १५:५७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार शीतल निवासमा पुगेर पत्र बुझाउँदै बहुमतीय सरकारमा सामेल नहुने जानकारी गराएको हो ।

राष्ट्रपति कार्यालय स्रोतले ठाकुर र महतोले पत्र बुझाएको पुष्टि गरेको छ । राजपाका अध्यक्ष उपेन्द्र यादव भने कांग्रेस–माओवादी केन्द्रको विपक्षी गठबन्धनमा सहभागी हुनुभएको छ ।

ठाकुरले दुई दिनअघि विज्ञप्ती जारी गर्दै वर्तमान सरकारले नै मधेसीका मुद्दा सम्बोधनको काम गरिरहेकाले वैकल्पिक सरकार गठनमा सहभागी नहुने स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य