पीएएचएसको उपकुलपतिमा गरिएको नियुक्तिप्रति असन्तुष्टि

२४ भाद्र २०६९, आईतवार १२:२० मा प्रकाशित

काठमाडौं, २४ भदौ । सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पीएएचएस)को उपकुलपतिमा डा. संगीता भण्डारीलाई नियुक्त गरेको छ । पीएएचएसका संस्थापक उपकुलपति डा. अर्जुन कार्कीका ठाउँमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नाक, कान, घाँटी रोग विभागकी प्रमुख डा. भण्डारीलाई ल्याइएको हो । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा भएको ‘मनोमानीपूर्ण नियुक्ति’बाट उत्पन्न विरोधको घटनाबाट सरकारले शिक्षा नलिई स्वास्थ्य संस्थामा राजनीतिक नियुक्तिको क्रम जारी राखेको भन्दै पाटन अस्पतालमा भएको नियुक्तिको समेत विरोध गरिएको छ ।

रेकर्ड राम्रो नभएकालाई राजनीतिक आस्थाका कारण ल्याइएकोले नराम्रो सन्देश गएको सरोकारवालाहरुको भनाई छ ।
विरोधमा आवाज उठे पनि यसपटकको नियुक्ति चाहिं प्रक्रिया पुर्‍याएर चलाखीपूर्ण रूपले गरिएको बताइएको छ । स्वास्थ्यमन्त्रीको अध्यक्षतामा भएको तीन सदस्यीय नाम सिफारिस समितिले भण्डारीसँगै अन्य दुईजना धेरै कनिष्ठको नाम सिफारिस गरेर प्रधानमन्त्रीकहाँ पठाएको थियो । त्यसको मनसाय उनको नियुक्तिलाई जायज ठहर्‍याउनु थियो भन्ने जानिफकारहरुको कथन छ । डा. भण्डारी मधेसवादी नेता शरदसिंह भण्डारीकी बहिनी हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको