प्रधानसेनापति राणालाई राष्ट्रपतिबाट दज्र्यानी चिन्ह

२४ भाद्र २०६९, आईतवार ११:५६ मा प्रकाशित

काठमाडौं, २४ भदौ । नयां प्रधानसेनापतिका रुपमा गौरवशम्शेर राणाले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति डा. रामवरण यादवसामु आज ११:५ बजे उहांले सपथ लिनुभएको हो। उक्त समयको साइतमा आफूलाई सपथ दिलाउनका लागि राणाले अनुरोध गर्नुभएको र सोही अनुसार समय मिलाइएको राष्ट्रपति कार्यालयबाट जानकारी मिलेको छ । सपथपूर्व राष्ट्रपतिको कार्यालयका सचिवले राणालाई प्रधान सेनापति पदको नियुक्तिपत्र प्रदान गरेका थिए। नियुक्तिपत्र बुझेलगत्तै राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति राणालाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको थियो।
कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई, सुरक्षा परिषदका सदस्यका रुपमा मन्त्रीहरु विजयकुमार गच्छदार, हृदयश त्रिपाठी, वर्षमान पुन लगायत विशिष्ट अधिकारीहरु उपस्थित थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय