भारतमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या

२८ बैशाख २०७८, मंगलवार ०७:१५ मा प्रकाशित

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा नदी किनारामा मात्रै करीव ४० भन्दा बढी शवको एकसाथ व्यवस्थापन गरिएको छ ।

भारतको विहार र उत्तर प्रदेश राज्यमा कोभिडबाट मृत्यु भएका सर्वसाधारणको शवहरु एकैपटक दहन गरिएको समाचारमा जनाइएको हो । ठूलो संख्यामा मृतकको शव त्यहाँ ल्याइएकोबारे स्पष्ट नभएपनि ती सबै शवहरु कोरोनाबाट मृत्यु भई अलपत्र परेकाहरुको हुनसक्ने आशंका गरिएको छ ।

समाचारका अनुसार नदी किनारामा आधा जलाई छोडिएका सयौं शवहरु अझै यत्रतत्र छन् जस्का कारण पर्यावरणीय समस्या हुन सक्ने खतरा छ । भारतमा कोरोनाबाट अहिले दैनिक ४ लाख भन्दा बढी मानिस संक्रमित हुने गरेका छन् भने एकैदिन ४ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य