९ हजार २७१ संक्रमित थपिए, १ सय ३९ जनाको मृत्यु

२७ बैशाख २०७८, सोमबार १९:२२ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ३९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १७ हजार ६ सय २३ आरटी पिसिआर र ७ सय ८८ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी दैनिक अद्यावधिक विवरणमा उल्लेख गरिएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । यीमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । काठमाडौंमा २ हजार ७ सय ७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना गरी उपत्यकामा ३ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् ।

सोमबार देशभर ४ हजार ७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार ७ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७ सय ९४ जना पुगेको छ । निको हुने दर ७६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ३९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य