बहुप्रतिक्षीत सुरुङ मार्गको निर्माण कात्तिकदेखि सुरु हने

२४ भाद्र २०६९, आईतवार ०७:४४ मा प्रकाशित

काठमाडौं, २४ भदौ  । सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौँ-हेटौंडा सुरुङ मार्ग निमार्ण आगामी कात्तिकबाट सुरु हुने भएको छ ।
सरकारले निजी क्षेत्रलाई आयोजना निर्माणमा लागि अनुरोध गरेबमोजिम काम अगाडि बढाउन लागिएको हो । केही समय पहिले मात्रै आयोजनाको स्थलगत अध्ययन सम्पन्न भएको हो । काठमाडौँ, भिमफेदी, कुलेखानी, सिस्नेरी हुँदै मकवानपुरको हेटौंडा जोड्ने सुरुङमार्ग बनाउने काम आउँदो कात्तिकदेखि सुरु हुने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जनाएको छ ।
सरकारले सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रलाई जिम्मा दिएपछि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काम सुरु गरेको हो । हेटौंडाबाट भिमफेदीसम्म २१ किलोमिटरको सडक, तीन किलोमिटरको सुरुङ र कुलेखानीबाट काठमाडौँसम्म २४ किलोमिटरको सडक निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो । अहिले काठमाडौँ, भिमफेदी, कुलेखानी हुँदै हेटौंडा पुग्ने सडक मार्ग करिब ८० किलोमिटर लामो छ भने सुरुङमार्ग निर्माण भइसकेपछि ४८ किलोमिटरमा झर्नेछ ।
२० अर्बको लगानीमा निर्माण हुन लागेको सुरुङमार्ग निर्माणका लागि स्थानीय जनतालाई पनि निर्माणमा सहभागी गराउन सेयर जारी गरिने भएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका