म्यानचेस्टर युनाईटेडको पुनरागमन जित

२७ बैशाख २०७८, सोमबार ०९:३१ मा प्रकाशित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे । जितसँगै ३४ खेलमा ७० अंक जोडेको युनाईटेड दोस्रो स्थानमा यथावत छ । एस्टन भिल्ला ४८ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा वुल्भरह्याम्टनले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति नै भएको अर्को खेलमा एभर्टनले घरेलु टोली वेस्ट ह्याम युनाईटेडलाई १–० ले हराएको छ ।

जितसंगै एभर्टनले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ । एभर्टन लिगको आठौं स्थानमा छ । तर एक खेल कम खेलेको सातौं स्थानको टोटेनहमसंग एक अंक र पाँचौ स्थानको वेस्ट ह्यामसँग ३ अंकले पछि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका

पेरिस । फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को