प्रधान सेनापतिद्वारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान

२७ बैशाख २०७८, सोमबार ०२:१२ मा प्रकाशित

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा क्याडेटले उच्चस्तरको आयुक्त पद कवाज प्रदर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
समारोहमा प्रधानसेनापति थापाले चार विदेशी, २३ महिलासहित १५५ लाई उपसेनानी पदको आयुक्त पद प्रदान गर्नुभयो । तालीममा ५६ समूहका दुई अधिकृत क्याडेटलाई पनि आयुक्त पद प्रदान गरिएको थियो ।प्रधानसेनापति थापाले आआफ्नो समूहमा तालीममा उत्कृष्ट हुने विजय थापा, अन्तरराष्ट्रिय अधिकृत क्याडेट केन्याकी बेरली ओपिला अकिन्यी र प्राविधिक अधिकृत उपसेनानी अर्जुन मगरलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त प्रतिष्ठानबाट हालसम्म १९ विदेशी अधिकृतले तालीम पूरा गरेका छन् । यस पटक विदेशका केन्या, माल्दिभ्स, श्रीलंका र जाम्बियाका सैनिक शिक्षार्थीको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । अस्वस्थ भई सोमबार (आज) विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह

रसुवा । आयात निर्यात व्यापारलाई सहजीकरण गर्न नेपाल हिमालय सीमापार वाणिज्य संघले रसुवा जिल्लालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।