प्रधानमन्त्रीको नाम भजाएर एमाओवादी जिल्ला नेताद्वारा “चन्दा” माग

२४ भाद्र २०६९, आईतवार ०७:३६ मा प्रकाशित

काठमाडौं, २४ भदौ । प्रधानमन्त्रीको नाम भजाउंदै एकीकृत नेकपा माओवादी रामेछापका जिल्ला सदस्य जीवन्त पौडेलले स्थानीय जलविद्युत आयोजनाबाट ठूलो रकम चन्दा माग गरेको सार्वजनिक भएको छ । पौडेल र उनका सहयोगीले पेस्तोल देखाएर रकम दिन धम्की दिएपछि आयोजनाका उच्च अधिकारीहरु काम नै छाडेर राजधानी फर्किएका समाचार अखबारहरुमा प्रकाशित भएका छन् ।
रामेछापको लिखु जलविद्युत् आयोजनाअन्तर्गत सिरसे ओखलढुंगा जोड्ने सडक र पुल निर्माणका लागि विनियोजन गरिएको ७ करोड रुपैयाँबाट माओवादी जिल्ला सदस्य पौडेलले ४० लाख रुपैयाँ माग गरेको बुझिएको छ । पौडेलले आयोजनाका म्यानेजर विजय कार्की र ठेकेदारहरु सुरेन्द्र पौडेल र राजेन्द्र आचार्यलाई एसएमएस गरी आफु प्रधानमन्त्री बाबुराम भट्टराईको निकट मान्छे भएको भन्दै ४० लाख रुपैयाँ बुझाउन चेतावनी दिएका समाचारमा दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा