संक्रमित सांसदले पनि मतदानमा सहभागी हुन पाउने

२६ बैशाख २०७८, आईतवार २०:५२ मा प्रकाशित

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुन पाउने भएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको आइतबार बैठकले कोरोना संक्रमित सासदहरुले पनि प्रतिनिधि सभाको विशेष अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबारका लागि विशेष अधिवेशनमा आहवान गरिएको छ ।

संसद अधिवेशनअघि गरिएको परीक्षणमा कम्तीमा २८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित सासदलाइ पूर्ण स्वास्थ्यको मापदण्ड अपनाएर मतदानमा सहभागी गराउने निर्णय भएको छ । संक्रमण भएका सासदलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र प्रवेश पाउनेछन् । पीसीआर परीक्षण गर्न बाँकी सांसदपनि स्वाब संकलन गरेर भोलिसम्म रिपोर्ट आउने व्यवस्था मिलाउने निर्णय कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । विशेष अधिवेशनकै लागि संसद सचिवालयले वैशाख २२, २३ र २४ गते गराएको पीसीआर परीक्षणमा १४१ जना कर्मचारीहरुलाई समेत संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य