“इशनिन्दा”को आरोप लागेकी किशोरी धरौटीमा रिहा

२४ भाद्र २०६९, आईतवार ०७:२१ मा प्रकाशित

इस्लामावाद, २४ भदौ । पाकिस्तानमा इशनिन्दाको आरोपमा तीन साताअघि पक्राउ परेकी एक इशाइ किशोरीलाई धरौटीमा रिहा गरिएको छ। १४ वर्षे ती किशोरीले कुरान जलाएको आरोप लगाउँदै एउटा भीडले कारवाहीको माग गरेपछि उनलाई इस्लामावादबाट पक्राउ गरिएको थियो । गिरफ्तार किशोरीलाई न्यायाधीश मुहम्मद अजाम खानले करिब साढे १० हजार डलर धरौटी राखेर रिहाइको आदेश दिएका हुन्।
इशनिन्दाको आरोपमा पक्राउ परेपछि रिहा हुने रिस्मा पहिलो व्यक्ति हुन्। इशनिन्दा धरौटीमा रिहा नहुने अभियोग हो तर उनको वकिलले उमेर निकै कम भएको भन्दै रिहाइका लागि आग्रह गरेका थिए। अगस्ट १६ देखि कडा सुरक्षा व्यवस्था भएको जेलमा राखिएको रिस्माको उमेर र वृद्धिको क्षमता बारे परस्पर विरोधी समाचार आएको थियो। गत महिना स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरुले उनको उमेर १४ वर्ष देखिने र उनको मानसिक अवस्था भने उमेर भन्दा कम रहेको जनाएको छ। रिहाइका लागि अभियान चलाउँदै आएकाहरुलाइका लागि उनको सुरक्षाको विषय चासोका विषयमा परेको छ। यसअघि उनको पिताले छोरा र परिवारको सुरक्षा चिन्ता विषय भएको बताएका थिए।
उनको परिवारलाई धम्कीहरु आउन थालेपछि सुरक्षाका लागि हिरासतमा राखिएको छ। उनको गिरफ्तारीपछि सो स्थानमा बस्ने धेरै इशाइहरु त्यहाँबाट भागेका छन्। उनले धरौटीको रकम जम्मा गर्न सके रिस्माले अभिभावकसँग पुनर्मिलन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ