“प्रधानमन्त्री हुं तर सत्ता मेरो हातमा छैन” : डा. भट्टराई

२४ भाद्र २०६९, आईतवार ०७:०८ मा प्रकाशित

काठमाडौं, २४ भदौ । एमाओवादीका असान्दर्भिक अडान, ढिपी र व्यवहारको सर्वत्र विरोध र आलोचना भइरहेको परिवेशबीच सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले संविधान घोषणा गर्न नदिएकाले माओवादीको संसारभरि हाइहाइ भएको दाबी गरेका छन् । शनिबार गोरखामा आयोजित एक कार्यक्रमबीच उनले कांग्रेस र एमालेका कट्टर नेताहरुले संविधान जारी गर्न दिएको आरोपसमेत लगाए।
“माओवादीको नेतृत्वमा सेना समायोजन पूरा भइसकेकाले जेठ १४ मा माओवादीकै सरकारको पालामा संविधान जारी हुन्थ्यो”, दाहालले भने, “त्यही डरले कांग्रेस र एमालेका कट्टर नेताहरुले संविधान जारी गर्न दिएन।”
संविधान जारी भएको भए माओवादीले ३० ४० वर्ष सत्तामा राज गर्ला भन्ने डर कांग्रेस र एमालेमा रहेको प्रचण्डले उद्घोष गरे । “संविधान बनेको भए माओवादीले ३० ४० लगतार जित्छ भन्ने डर कांग्रेस र एमाले थियो”, उनले भने, “माओवादीकै नेतृत्वमा संविधान घोषणा भए प्रचण्डलाई राष्ट्रपति बन्नबाट रोक्न नसकिने डरसमेत उनीहरुमा थियो।”
उनले प्रचण्डको नेतृत‍वरमा सरकार बने महिला दलित र सहिद बेपत्ता परिवारको हितमा काम गर्ने भएकाले पनि अन्य दल डराएको आरोप लगाए। संविधानसभालाई निचोडमा पुर्‍याउन प्रमुख दलहरुबीच सहमतिको प्रयास भइरहेको भन्दै अध्यक्ष दाहालले भदौ महिनाभित्र समस्या टुंग्याउने गरी काम भइरहेको बताए।

माओवादी जनयुद्धमा मारिएका सुरेश वाग्लेको स्मृतिमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारमा भए पनि सत्ता आफ्नो हातमा नभएकाले जनताको मागलाई पूरा गर्न नसकेको बताए। उनले पूर्ण बजेट विनियोजन गर्न नसकेकोकाले देशका लागि बलिदानी दिएका सहित तथा बेपत्ता परिवारलाई उपयुक्त राहत दिन नसकेकोसमेत बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा