बेलायतमा नेपाली मुलका मेयर र काउन्सिलर निर्वाचित

२६ बैशाख २०७८, आईतवार ०२:३० मा प्रकाशित

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र पूर्वप्रहरी अधिकृत तथा  निर्बतमान ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष  जीव बेलवासे र मगर  संघका निर्बतमान अध्यक्ष नेम थापा मगर फार्नबरो चेरिवुडको काउन्सिलरमा  काउन्सिलर पदमा निर्वाचित हुनु भएको छ । 
बेलायतमा भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ  लण्डन बरो अफ हन्स्लोबाट मेयरमा निर्वाचित हुनुभएको छ।  बस चालकका रुपमा समेत काम गर्नु भएका  गुरूङ होन्स्लो गोरखा नेपाली समाजका संस्थापक अध्यक्ष हुनुहुन्छ  । उहा  संस्था साफा, देवाचन बुद्धिस्ट सेन्टर लगायतका सामाजिक संस्थाहरूमा पनि आबद्ध रहेर नेपाली समुदायलाई  सेवा पुराई रहनु भएको छ।लण्डन हन्स्लो बरोको ५६ औं मेयर साथै लण्डनमा पहिलो निवार्चित मेयर बिष्णु बहादुर गुरुङ हुनुहुन्छ।बेलायतको मुलधारको राजनीतिमा  यो भन्दा अगाडी स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित हुनु भईसक्नु भएको छ
बिहीबार सम्पन्न निर्वाचनको  परिणाम शुक्रबार बेलुकी सार्वजनिक भए अनुसार जीव बेल्वासे ५८७ मतस प्राप्त गर्नु भएको थियो भने  उहाँका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ४०२ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्यासीले ८१ मत मात्रै प्राप्त गरेका थिए  । बेलबासेले प्रतिनिधत्व गर्नु भएको  वडामा हुलाक  र प्रत्यक्ष गरी जम्मा १०७९ मत खसेको थियो र जहाँ यो भन्दा अगाडी  कन्जरभेटिभ पार्टीका  नेपाली समुदायकै  प्रवेश केसी काउन्सिलर हुनुहुन्थ्यो।
मगर संघ यूकेका पूर्व अध्यक्ष समेत रहेका नेम थापा रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट ८ सय ९८ मत प्राप्त गर्दै विजय प्राप्त गर्नुभयो  ।उहाका  निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ८०६ मत प्राप्त गरेका थिए  । काउन्सिलर पदमा  निर्वाचित थापा बेलायतको नेपाली समुदायमा एक सक्रिय अभियन्ता समेत हुनुहुन्छ।
उहाहरुको यो जितले  बेलायतको मूलधारको  राजनीतिमा नेपालीहरुको लागि ढोका खोलेको अनुभव बेलायतवासी नेपालीहरुले गरेका छन।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद