कोरोना महामारीमा सामाजिक संजालको भूमिका

२६ बैशाख २०७८, आईतवार ०२:२८ मा प्रकाशित

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको दिन बसन्त  ऋतु लागेको भान भयो र मैले आफ्नो खुट्टाको नङमा पालिस लगाए र खुट्टाको फोटो खिचेर बहिनीलाई  पठाए विना संदेश। अरु दिन मेसेज पठाएको ३० सेकेन्ड नपुग्दै जवाफ दिने बहिनीले घन्टौ बित्दा पनि जवाफ दिइन। त्यहि फोटो फेसबुकमा राखे सबको लाइक र कमेन्ट आयो तर मेरी बहिनीको नामनिशान देखिएन। केहि नलागेपछि मोबाइल फोनमा फोन गरे, फोन उठेन, घरको ल्याण्डलाइनमा फोन गर्दा बुझियो, मेरो फोटोको गलत अर्थ लागेछ, मेरी बहिनीले मेरो फोटोलाई, मैले उसलाई मेरो खुट्टासंग दाजेको भन्ने बुझेर उसको चित्त दुखेको रहेछ। यो एउटा सानो  उदाहरण हो तर सामाजिक संजालमा गरिएका कमेन्ट हुन या च्याट बक्स मा गरिएको च्याटहरु हुन् त्यसको गलत अर्थका कारण मानिसहरुले आफुलाई सामाजिक संजालमा जतिसुकै सामाजिक देखाउने र बन्ने प्रयत्न गरेपनि गलत बुझाईका कारण दिनहु कोहि न कोहि पिडित भएकै हुन्छन। 
कोरोनाको महामारी र सुरक्षा नीतिका कारण मानव जीवन त्रासदि र एकांकीमा जीवन जिउन बाध्य छ।  यो बाध्यात्मक परिस्थितिमा मानव जातिको समय काट्ने साथी स्मार्ट फोन र सामजिक संजाल नै हो भन्दा उपयुक्त हुन्छ।  सामाजिक संजालको प्रयोगमा युवा पुस्तामा टिकटक र इन्स्ताग्रामले लोकप्रियता कमाएको छ भने अर्ध वैशे  पुस्ता फेसबुकमै व्यस्त देखिन्छ।  विस्वव्यापी  रुपमा गरिएको एउटा सर्वे अनुसार ३.६ अरब भन्दा बढी मानिसहरु सामाजिक संजालको प्रयोग गर्छन र यो दर  २०२५ सालमा बढेर ४. ४१  अरब हुने अनुमान छ।सक्रिय उपयोगकर्ताको संख्याको आधारमा गरिएको अनुसन्धान अनुसार सर्वाधिक  प्रयोग गरिने सामाजिक संजालहरु  क्रमबद्ध रुपमा  फेसबुक, यूट्यूब, व्हाट्सएप र फेसबुक मेसेन्जर हो।हरेक इन्टरनेट प्रयोग कर्ताले हरेक दिन करिब १४४ मिनेट समय सामाजिक संजालमा बिताउने तथ्य पनि अनुशन्धानहरुबाट निस्केका छन्।  सामाजिक संजालहरुले आफ्ना उत्पादनहरुलाई उपभोक्ता सम्म पुराउन राम्रो भूमिका खेल्नुकै कारण, विभिन्न सामाजिक संजालहरु प्रयोगकर्ता आकर्षित गर्ने होडबाजीमा लागेका छन् जसको प्रत्यक्ष असर मानिसको सामाजिक जीवन र मानसिक स्थिरतामा परेको छ।
सामाजिक संजालको नकारात्मक प्रभाव :
अधिकांश मानिसहरु सामाजिक संजाल मार्फत अरुलाई आफुप्रति आकर्षित गर्न चाहन्छन र व्यक्तिगत जीवनका हरेक कुरा पोस्ट गर्छन र जसको कारण उसको वरपरका मानिसहरुमा एक किसिमको मासिक दबाब पर्न जान्छ र जसको कारण प्रतिस्पर्धाको  वातावरण सिर्जना हुन्छ। यहि प्रतिस्पर्धा इर्श्यामा परिणनत हुन्छ अनि मानिस डिप्रेसनको शिकार हुन्छ।
सामाजिक संजालले फेक समाचारहरुको प्रवाहलाइ निकै बढाएको कुरा अनुसन्धानबाट  प्रमाणित भैसकेको छ, जसले मानिसको  चरित्रहत्या त हुन्छ नै तर सामाजिक संजाल ले साइवर बुलिंगलाई  पनि अत्यधिक प्रसय दिएको छ।
सामाजिक संजालले मानिसको स्मरण शक्तिको समेत ह्रास गरेको छ, आजभोली आफन्तको जन्मदिन, विवाह वर्षगाठ जस्ता उत्सव सम्भव भएसम्म फेसबुकले नै सम्झाई दिन्छ। फेसबुकको यो सुविधाले हामीलाई आफन्तको महत्वपुर्ण उत्सव बिर्सन त दिंदैन तर सम्झन सहयोग भने गर्दैन। यस बाहेक स्वास्थ सम्बधि समस्या, थकान र अल्छी समेत बनाउछ।
अहिले देखिएको कोरोना संक्रमणको दोश्रो लहरको असर नेपालमा पनि देखिएको छ।  यो संक्रमणको  त्रासले मानिसहरु हतास र मानसिक रुपमा कमजोर  बनेका छन  किनकी युरोप र अमेरिकामा कोरोनाले गरेको ठुलो मानव क्षतिको घटनाक्रमले नेपालमा थप त्रास पैदा गरेको अवस्था छ  र होम आइसोलेसशनमा रहेकाहरुको  समय व्यतीत गर्ने एक मात्र मध्यम सामाजिक संजालको प्रयोग हो र यस बेला होम आइसोलेसशनमा रहेकाहरुलाइ थप मनोबल र  उर्जाको आवश्यकता परेको छ।  यस  बेला कोरोनाबाट मृत्यु भएकाहरुको  फोटोहरु, मृत्यु हुनुको कारण सहित वा हिन्दु  संस्कार सहित घाट लैजान तयार पारिएको फोटोहरु आफ्नो व्यक्तिगत वाल वा  ग्रुपहरुमा पोस्ट गर्दा आइसोलेसशनमा रहेकाहरुलाई थप चिन्ता बढ्नुका  साथै उनीहरुको रोगसंग लड्ने क्षमतामा समेत ह्रास आउन सक्छ।
यो संक्रमणको अवस्थामा सामाजिक संजालको उचित प्रयोगले समुदायलाई  सहयोग त गर्छ नै तर कतिपय सुचना प्रवाह गैर कानुनी समेत भएको हुँदा यसले कानुनी समस्या समेत निम्त्याउन सक्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ