साना दलसँग प्रधानमन्त्रीको सहयोगको याचना

४ चैत्र २०६८, शनिबार १८:१६ मा प्रकाशित

समायोजनको दर्जा मिलानमा लचक भएर प्रस्तुत हुन सुझाव
काठमाडौ, ४ चैत्र । संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुले शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण विषय समायोजनको दर्जा मिलानमा लचक भएर छिटो सहमतिको विन्दु खोज्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
नेपाल न्यूज ट्वान्टी फोरसँग कुरा गर्दै बैठकमा सहभागी चुरेभावर राष्ट्रिय एकता पार्टीका सभासद बद्रीप्रसाद न्यौपानेले प्रधानमन्त्रीलाई दलहरुले गंभिर रुपमा छिट्टो शान्ति प्रक्रिया अगाडि बढाए संविधान प्रक्रियाले गति लिने विश्वास ब्यक्त गर्दै छिट्टो शान्ति प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए ।
साना दलले राज्यपुर्नसंरचना आयोगको प्रतिवेदन विवादित रहेकोले त्यस विषयमा गंभिर छलफल गरेर सहमति जुटाउन आग्रह गर्दै सहमतिको विकल्प नभएको तर्फ ध्यान आर्कषित गराएका थिए ।
छलफलमा प्रधानमन्त्रीले शान्ति प्रक्रिया, संविधान निर्माण र सहमतिको सरकार गठनका विषयमा भईरहेको छलफलको विषयमा साना दललाई जानकारी गराएका थिए ।
सभासद न्यौपानेका अनुसार प्रधानमन्त्रीले समायोजन प्रक्रिया दर्जामा कुरा नमिलेकोले अडकिएको भन्दै ६ हजार ५ सय संख्याका लडाकु समायोजन हुँदा कम्तीमा विग्रेडियर जनरल पाउने पर्ने माओवादीको अडान कायमै रहेको तर छलफलबाट सहमति जुटाउने प्रयास भईरहेको जानकारी दिएका थिए । आफूले समायोजनको कार्ययोजना प्रस्तुत गरेको तर काग्रेस र एमालेले विरोध गरेको भन्दै प्रधानमन्त्रीले साना दलसँग सहयोगको याचना गरेका थिए ।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउन आफूले सक्दो प्रयास गरिरहेको भन्दै राज्यपुर्नसंरचना आयोगको प्रतिवेदन पनि छिट्टै संविधानसभामा छलफलको लागी जाने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी