राजनीतिक दाउपेचले मुलुक संकटमा : क्षत्री

२४ भाद्र २०६९, आईतवार ०६:५५ मा प्रकाशित

रुपन्देही, २४ भदौ । क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष डा. दिलबहादुर क्षत्रीले राजनीतिक अस्थिरतका कारण संकटग्रत बन्दै गएको मुलुक सम्हाल्ने जिम्मेवारी युवाहरुको कांधमा आएको बताएका छन् । उनले राजनीतिक दलहरुले दलिय स्वार्थका कारण मुलुकलाई संकटतर्फ धकेलेकोले त्यसको संरक्षण युवाहरुले मात्र गर्न सक्ने बताए ।
क्षत्री युवा समाज रुपन्देहीको शनिबार बुटवलमा भएको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशी तथा विदेशी शक्तिहरु मुलुक विखण्डनको बाटोमा लागेकोले त्यसको प्रतिवाद गर्न आग्रह गरे । राष्ट्र बांचे मात्र सबै बच्ने भन्दै उनले मुलुक कस्तो बनाउने भन्ने दायित्व नेपालीको भएपनि यहां विदेशीहरुको दौडधुप शंकास्पद रहेको धारण राखे । उनले भने– ‘यो देशको माटो सुहाउंदो राज्यको पुनर्संरचना नेपालीहरुले मात्र गर्न सक्छन् तर विदेहीहरु किन नेपालमा पैसा बांडेर हिंडिरहेका छन् ।’ उनले नेपालमा विविध जातजाती र भाषा संस्कृति रहेकोले सबैको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।
राज्यको आंखा सबै नागरिकका लागि समान हुनुपर्नेमा पछिल्लो समयमा आरक्षण र विशेष अधिकारका नाममा भेदभाव भएको उनको जिकीर छ । उनले समानतामुलक समाज निमार्णका लागि राज्यले वर्गिय आधारमा आरक्षण र सुविधा दिनुपर्ने माग गरे । समाजका जिल्ला अध्यक्ष हरि क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका विदेश विभाग प्रमुख कृष्ण वहादुर क्षत्री, कोषाध्यक्ष केस वहादुर केसी, अञ्चल प्रभारी लक्ष्मण थापा, केन्द्रिय सदस्य मधुकला कुवंर, रुपन्देही जिल्ला अध्यक्ष लेखबहादुर कार्की, राजेन्द्र केसी लगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा