राष्ट्रपति भण्डारी र नेपालबीच तीन घन्टासम्म के कुराकानी भयो ?

२४ बैशाख २०७८, शुक्रबार ०८:४५ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएका नेता नेपालले राष्ट्रपतिसँग झण्डै तीन घण्टा भेटवार्ता गर्नुभएको हो ।

बदलिँदो राजनीतिक घटनाक्रमबीच नेता नेपाल राष्ट्रपति भण्डारीसँग भेट्न शीतल निवास जानुभएको हो । यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच भेटवार्ता भएको थियो ।

जेठ ६ गतेका लागि निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि बन्ने समीकरण र वैशाख २७ गते प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मतको सन्दर्भलगायतका विषयहरुमा नेता नेपाल र राष्ट्रपति भण्डारीबीच कुराकानी भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य