माओवादी सत्तामोहले संक्रमण लम्बिएको खनालको दाबी

२४ भाद्र २०६९, आईतवार ०६:५० मा प्रकाशित

काठमाडौं, २४ भदौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधान सभाबाट संविधान घोषणा गर्नसक्ने अवस्था रहँदारहँदै पनि एमाओवादीको ढिपीका कारण संविधान सभा विघटन भएको बताएका छन्।उनले विद्यमान राजनीतिक गतिरोधको अन्त गर्न लोकतन्त्र चाहने शक्तिबीच राष्ट्रिय सहमति अपरिहार्य रहेकोमा पनि जोड दिए।
पार्टीको विशेष समन्वय कमिटी (महिला विभाग)ले तीजका अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाओवादीको सत्तामोहका कारण संविधान आउन नसकी अहिले मुलुकको सङ्क्रमणकाल लामो हुन गएको स्पष्ट पारे।
साहित्यकार मोदनाथ प्रश्रितले प्राचीन समयमा तीज पर्वमा धर्मसँग जोडेर गीत गाउने प्रचलन रहेको भए पनि अहिले राजनीतिक र सामाजिक रुपान्तरणका लागि अभिव्यक्तिको सशक्त माध्यमका रुपमा तीज गीत प्रयोग हुँदै आएको चर्चा गरे।
पार्टीका नेताहरू अष्टलक्ष्मी शाक्य, गङ्गालाल तुलाधर लगायतले सांस्कृतिक पर्वका रुपमा महत्वपूर्ण रहेको तीजले महिला समुदायलाई सङ्गठित गरी महिला अधिकारलाई सुनिश्चित गर्न सहयोग पुर्‍याउने उल्लेख गरे। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय