म्यानचेष्टर युनाइटेड र भिल्लारियल युईएफए युरोपा लिगको फाइनलमा

२४ बैशाख २०७८, शुक्रबार ०८:३१ मा प्रकाशित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

आज बिहान सम्पन्न दुइवटा सेमिफाइनल खेलहरुमा यी दुई टिमले फाइनलको यात्रा तय गरेका हुन् । रोमाले आफ्नो घरेलु मैदानमा सेमिफाइनलको दोस्रो लेगमा ३-२ गोल अन्तरले युनाइटेडलाई पछि पारेपनि समग्रमा दुई लेगमा ५-८ गोलको अन्तरले युनाइटेड फाइनलमा पुगेको हो ।

त्यसैगरी आजै सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्लिस क्लब आर्सनल आफ्नै घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलसँग गोल रहित बराबरीमा रोकिएको थियो । यो बराबरीसँगै समग्रमा दुई लेगबाट आर्सनल १-२ गोलले पछि परेपछि भिल्लारियलले फाइनलको यात्रा तय गरेको हो । आर्सनललाई कम्तीमा पनि दुई गोलको अग्रता आवश्यकता थियो । तर भिल्लारियलले त्यो पूरा हुन दिएन ।

अब आउँदो मे २६ तारिखका दिन म्यानचेष्टर युनाइटेड र भिल्लारियल युईएफए युरोपा लिगको फाइनल खेलका लागि पोल्याण्डमा आमनेसामने गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका

पेरिस । फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को