महानिर्देशनालय गठन विषयमा दलहरुबीच दोहोरी

२४ भाद्र २०६९, आईतवार ०६:३३ मा प्रकाशित

काठमाडौ, २४ भदौ । समायोजनमा जाने पूर्वलडाकूको संख्या अनुमान गरिएभन्दा निकै कम भएकोले नेपाली सेनामा अलग्गै महानिर्देशनालय गठन गर्नु आवश्यक नरहेको विपक्षी दलहरुकले बताइरेका बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले माओवादी लडाकुको समायोजनको संख्याले महानिर्देशनालय गठनमा कुनै असर नपर्ने दाबी गरेका छन् । शनिवार राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा उनले महानिर्देशनालय गठन गर्ने विषयमा पहिला नै दलहरुबीच सहमति भइसकेकोले अहिले समायोजनमा जानेको संख्या कम हुँदैमा महानिर्देशनालय हुँदैन भन्ने कुरा गलत भएको बताए । महानिर्देशनालय नबनाउने हो भने त्यो ‘भर्ना मात्र साति हुनेछ जो हामीलाई मान्य हुने छैन’, उनले भने ।
दलहरुवीच संविधानका विवादित विषयमा सहमति भए छोटो समयको लागि संविधान पुनःस्थापना गर्न सकिने भन्दै पौडेलले सहमति भए निर्वाचन वा पुनःस्थापना दुबै विकल्पमा माओवादी तयार रहेको बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता भीम रावलले लोकतन्त्रमा जनताको मतभन्दा ठूलो केही नहुने भन्दै संविधानसभाको पुनःस्थापनाले जनताको अपमान गर्ने तर्क गरे । उनले सत्ताको लागि संविधानसभाको बलिदान गर्न तयार रहेको माओवादीले अहिले अरुलाई ‘सत्तालाई प्रमुख बनाएको’ भनि गरेको आलोचनालाई नौटंकीको संज्ञा दिए । संविधानसभाको पुनःस्थापनाले मुलुकको औचित्य समाप्त हुने चेतावनी दिंदै रावलले मुलुकको अस्तित्व समाप्त गर्ने भए मात्रै संविधानसभाको पुनःस्थापना गर्न सुझाव दिए । असफल भइसकेको संविधानसभा त्यही रुपमा पुनःस्थापना हुन नसक्ने स्पष्ट पार्दै उनले भने– ‘चार वर्षमा केही गर्न नसकेको संविधानसभाले तीन दिनमा के गर्ला ?’
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलेचाहिं संविधानसभाको अर्को निर्वाचन गर्न संविधानको संसोधनको लागि संविधानसभाको पुनःस्थापना र संविधानका विवादित विषयमा समेत भए पनि जारी गर्न संविधानसभाको पुनःस्थापना आवश्यक रहेको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार