हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

२३ बैशाख २०७८, बिहीबार ०९:०० मा प्रकाशित

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए । मदनकृष्णको छातीमा समेत सानो इन्फेक्सन देखिएकाले केही दिन उनलाई अस्पतालमै राखेर उपचार गरिने चिकित्सकले बताएका छन । मदनकृष्णलगायत उनको परिवारका ५ जनामै कोरोना संक्रमण देखिएको थियो ।

यसअघि ८ दिनसम्म अस्पतालमा बसेर घर फर्किएका मदनकृष्णले यो महामारीलाई सामान्य नसोच्न र यसविरुद्ध लड्नका लागि सबैसँग अपिल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

काठमाडौं । नायिका केकी अधिकारी १० दिने ‘आर्यमौन विपश्यना ध्यान शिविर’बाट फर्किएकी छन्। पहिलोपल्ट विपश्यनाका लागि गएको भन्दै अनौठो अनुभूति

बलिउड । शनाया कपुर बलिउडका नायक संजय कपुरकी छोरी हुन् । शनाया चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन्

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा