कांग्रेससँग ओलीले मागे विश्वासको मत, देउवाले भने–अहिले दिन सक्दैनौँ

२२ बैशाख २०७८, बुधबार १९:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा निवास बूढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रकियामा सहयोग गर्न आग्रह गरेको बताए । “विश्वासको मतमा कांग्रेसको सहयोगको आपेक्षा गर्दछू भनेर प्रधानमन्त्रीले भन्नुभयो,” महतले भने,“हामी विपक्षी पार्टी हो । अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भनेर हामीले आफ्नो धारणा राख्यौँ ।”

कांग्रेस नेताहरुले कोरोना खोप खरिद प्रक्रियामा भएका अनियमितता, अध्यादेशमार्फत सरकार चलाउन खोजेको, लुम्बिनी प्रदेशमा भएको घटनाबारे पनि सरकारको ध्यानाकर्ष गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)