बादलविरुद्ध कांग्रेस–माओवादीले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

बुधबार देवकोटालाई उम्मेरदवार बनाउने निर्णय भएको माओवादीका राष्ट्रियसभा संसदीय दतका नेता दीनानाथ शर्माले जानकारी दिए । सत्तारुढ दल नेकपा (एमाले)ले भने गृहमन्त्री राम बहादुर थापा‘बादल’लाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।
२२ बैशाख २०७८, बुधबार १५:०७ मा प्रकाशित

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने भएको छ । बुधबार देवकोटालाई उम्मेरदवार बनाउने निर्णय भएको माओवादीका राष्ट्रियसभा संसदीय दतका नेता दीनानाथ शर्माले जानकारी दिए ।

सत्तारुढ दल नेकपा (एमाले)ले भने गृहमन्त्री राम बहादुर थापा‘बादल’लाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । तर, औपचारिक निर्णय भने गरिसकेको छैन । बादल एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेपछि रिक्त भएको पदमा आउदो जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)