उपेन्द्र निवासमा शीर्ष नेताको गोप्य छलफल

२२ बैशाख २०७८, बुधबार १५:०२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी गठबन्धनका शीर्ष नेताहरु गोप्य बैठकमा बसेका छन् ।

मंगलबार देउवासहित छलफल गरेका नेताहरु बुधबार बिहान जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको घरमा छलफलमा बसेका हुन् ।

आजको छलफलमा नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष रहेको छ । जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारबाहीको तयारी गरेपछि एमालेबाट कारबाहीमै परेका माधव नेपालसहित प्रचण्डले छलफल गरेका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माध वकुमार नेपाल छलफलका लागि जुटेको स्रोतले जानकारी दिएको छ ।

तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको यादव निकट स्रोतले बताएको छ । एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम–उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।

यसअघि हिजो साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा यी तीन नेता र कांग्रेस सभापति शेर बहादुर देउवाले छलफल गरेका थिए ।

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिन संसद् बैठक तय भएपछि त्यसलाई असफल बनाउन ओलीइतरका नेताहरूले भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य