रोमाको प्रशिक्षकमा जोसे मोरिन्हा नियुक्त

२२ बैशाख २०७८, बुधबार ०८:४१ मा प्रकाशित

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा नियुक्त भएका हुन् ।

जोसेले आउँदो सिजनको सुरुदेखि रोमामा प्रशिक्षको जिम्मेवारी निर्वाह गर्ने छन् । ५८ वर्षका जोसेले पोर्चुगिज पाउलो फोन्सेकालाई प्रतिस्थापित गर्नेछन् । जोसे पनि पोर्चुगिज हुन् ।

फोन्सेकाले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने बताएको केही समयपछि जोसेलाई नियुक्त गर्ने निर्णय भएको खबर आएको हो । अप्रिल १९ मा इंग्लिस क्लब टोटनह्यामबाट बर्खास्त भएका जोसेले तीनपटकको सिरी ए च्याम्पियन रोमासँग तीन वर्षको सम्झौता गरेका छन् । क्लबप्रति समर्थकको अटुट आस्थाका कारण आफू रोमाको प्रशिक्षकको जिम्मेवारी स्वीकार गर्न तयार भएको जोसेले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को

लन्डन । यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुंदैछ । जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा

इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलको खेलहरु दर्शकले रंगशालामै बसेर हेर्न पाउने भएका छन् । यूईएफएले र खोप पासपोर्ट भएका समर्थकले