विद्यालय भवन निर्माणका लागि ६ करोड भारतीय सहयोग

२४ भाद्र २०६९, आईतवार ०६:१० मा प्रकाशित

काठमाडौं, २४ भदौ । नवलपरासीका दुई वटा विद्यालय भवन निर्माणका लागि भारतीय दूतावासले करिब ६ करोड बराबरको सहयोग गर्ने भएको छ । नवलपरासीको दुर्गम पहाडी बुर्लिङटारमा अवस्थित त्रिभुवन उच्च माविको भवन निर्माणका लागि दूतावासले २ करोड ८४ लाख आर्थिक सहयोग गर्ने भएको हो । पहाडी गाविसका विद्यालयमा पहिलोपटक भारतीय सहयोगबाट विद्यालय निर्माण हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएको बुर्लिङटार गाविसका निवर्तमान अध्यक्ष पदमराज गिरीले बताए ।
दूतावासले यसअघि पहाडी रतनपुर गाविसका करिब ६ सय घरमा सोलार प्लान्ट जडानमा आर्थिक र प्रविधिक सहयोग गरेको थियो । प्रगतिनगर गाविसको भीमसेन उच्च माविको भौतिक पूर्वधार र भवन निर्माणका लागि २ करोड ८१ लख बराबर दूतावासले सहयोग गर्ने भएको छ । रकमबाट अत्याधुनिक ४ तलाको ३४ कोठे विद्यालय भवन निर्माण गरिने छ भने विद्यालयमा नयां फर्निचरसमेतको व्यवस्था हुनेछ । सहयोगका लागि जिविस, भारतीय दूतावास र विद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षार भइसकेको भीमसेन माविका प्रधानाध्यपक नरदेव न्यौपानेले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार