द्वन्द्वपिडितलाई १३ करोड आर्थिक वितरण

२४ भाद्र २०६९, आईतवार ०६:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २४ भदौ । जिल्ला प्रशासन कार्यायल कपिलवस्तुले द्वन्द्व पीडीतलाई आर्थिक वर्ष २०६८÷०६९ सम्म करिब १३ करोड रकम वितरण गरेको जनाएको छ । प्रशासनले माओवादी युद्धका बेला पिडित बनेका २ हजार २ सय ४८ जनालाई राहत र क्षतिपूर्ति गरी १२ करोड ८८ लाख ४७ हजार ८ सय ३३ रूपैयां वितरण गरको हो ।
द्वन्द्वका समयमा मारिएका आश्रित परिवार, व्यक्तिगत सम्पत्ति, क्षति भएका, वेपत्ता परिवार र अपांग बनेकाहरूलाई रकम प्रदान गरिएको प्रशासन कार्यालय लेखा फाँटले जनाएको छ । गएको आर्थिक वर्षमा एक सय ७५ जनालाई दुई करोड ८३ लाख ८५ हजार रूपैयाँ राहत र क्षतिपुर्ति रकम वितरण गरिएको थियो । द्वन्द्वमा मारिएका आश्रित एक सय ६७ परिवारलाई ५० हजारदेखि दुई लाखसम्म थप राहत रमक प्रदान गरिएको थियो । मानवअधिकार संस्था कपिलवस्तुका अनुसार अझै पनि पीडितहरूले रकम पाउन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित