नेपाल सुपर लिग : विराटनगर एफसी शीर्षस्थानमा

२१ बैशाख २०७८, मंगलवार ०९:१३ मा प्रकाशित

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो ।

दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो । खेलको ३६औँ मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नु सक्नुभएन ।

यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोक्नुभयो । विराटनगरका लागि खेलको ७३औँ मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभयो । खेलको ८९औँ मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गर्नुभयो ।

जितसँगै विराटनगर चार खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अङ्क छ । चितवन लिगको पुछारमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोकप फुटबलमा गएराति इंग्ल्याण्ड र क्रोएसिया विजयी भएका छन् । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा इंग्ल्याण्डले चेक रिपब्लीकलाई १–० ले

अष्ट्रिया र डेनमार्क युरोकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै अष्ट्रिया

युरोकप २०२० को समूह ए अन्तर्गतको अन्तिम चरणको खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । वेल्सलाई पराजित

म्युनिख । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो

आजको प्रमुख समाचार