सैनामैनामा प्राकृतिक चिकित्सालय निर्माणको पहल

२४ भाद्र २०६९, आईतवार ०५:५२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २४ भदौ । रुपन्देही जिल्लाको पर्रोहा गाविस–६ सैनामैनाको नदीउकास जमिनमा सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्न स्थानीयवासी जुटेका छन् । बुटवलदेखि १० किलोमिटर पश्चिम पूर्व–पश्चिम लोकमार्गदेखि सात सय मिटर उत्तरमा अवस्थित बमाह खोलाको नदीउकास जमिनमा योग एवम् प्राकृतिक चिकित्सालय शिक्षण अस्पताल निर्माण गर्न स्थानीयवासीले गत वर्षदेखि नै पहल थालेका हुन् ।
२०६८ साल कार्तिक १६ गते नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र, सैनामैना, चारपाला, रुपन्देही नामक संस्था दर्ता गरी मंसिर १२ गते भएको गाउंस्तरीय भेलाले उक्त ठाउँमा ३ सय शैयाको योग एवम् प्राकृतिक चिकित्सालय शिक्षण अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।
चिकित्सालय निर्माणका लागि आर्थिक श्रोत जुटाउन धन धान्याचल महायज्ञ गर्ने र राज्यबाट बजेट माग गर्नेसम्मका निर्णय गरेको आज चिकित्सालय निर्माण स्थलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जानकारी गराईयो । केन्द्रले अगामी मंसिर १ देखि ९ गतेसम्म महायज्ञ गर्ने मिति समेत तय गरि सकेको छ । केन्द्रमा आजीवन र साधारण गरी १ सय २६ जना सदस्य रहेका छन् ।
प्राकृतिक चिकित्सा केन्द्र सञ्चालनका लागि १९ सदस्यिय कार्य समिति र विभिन्न उप समिति गठन गरिएको केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
एलोप्याथिक चिकित्सा क्षेत्रमा राज्यले ठूलो लगानी गरे पनि प्राकृतिक चिकित्सा क्षेत्रमा राज्यको लगानी शुन्य रहेकोले यस क्षेत्रमा पनि राज्यको लगानी भित्र्याउन जरुरी रहेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष विष्णु कुमार कार्कीले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार