नयां अमेरिकी राजदूतको काठमाडौं आगमन

२४ भाद्र २०६९, आईतवार ०५:४२ मा प्रकाशित

काठमाडौं, २४ भदौ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत पिटर डब्लु. बोडी काठमाडौं आइपुग्नुभएको छ । स्कट एच डेलिसी युगाण्डा गएपछि उहांको स्थानमा जिम्मेवारी सम्हाल्न बोडी नेपाल आएनुभएको हो । असारमा अमेरिकी सिनेटले बोडीको नाम अनुमोदन गरेको थियो । नेपाल आउनुअघि उहां वगदाद (इराक)स्थित अमेरिकी दूतावासमा असिस्टेन्स ट्रान्जिशनका असिस्टेन्ट चीफ अफ मिसनका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
सन् २००८ देखि २०१० सम्म मलावीका लागि अमेरिकी राजदूतको कार्यभार सम्हाल्नुभएका बोडी सन्२००६ देखि २००८ सम्म इस्लामावादस्थित अमेरिकी दूतावासमा डेप्युटी चीफ अफ मिसनका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
सन् १९८१ मा परराष्ट्र सेवामा प्रवेश गर्नुहुने राजदूत बोडीले काठमाडौंमा दुईपटक (सन् १९९४–१९९७ मा डेप्युटी चीफ अफ मिसनका रुपमा र सन् १९८२–१९८४ मा सहचारीका रुपमा) र भारतको नयांदिल्लीमा मिनिस्टर काउन्सेलर फोर एडमिनिस्ट्रेटिभ अफेयर्सका रुपमा कार्य गरिसक्नुभएको जनाइएको छ । गायानाको जोर्जटाउन, जर्मनीको ह्याम्बर्ग, बुल्गेरियाको सोफिया र डेनमार्कको कोपनहेगनमा पनि उहांले काम गरिसक्नुभएको छ । यस्तै सन् २००२ देखि २००६ सम्म उहां जर्मनीको फ्र्याङकफर्टस्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्यदूतको पदमा कार्यरत हुनुहुन्थ्यो ।
वाशिङगटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा पनि विभिन्न पदहरु सम्हाल्नुभएका बोडी पछिल्लो पटक व्यवस्थापन नीतिको कार्यालयका डाइरेक्टर हुनुहुन्थ्यो । जर्मन र बुल्गेरियन भाषामा दखल राख्नुभएका उहां नेपाली भाषासमेत बोल्न जान्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री