राजिनामा दिएर सहमतिको ढोका खोल्न भट्टराईलाई एमाले नेता माधव कुमार नेपालको आग्रह

२३ भाद्र २०६९, शनिबार २०:४२ मा प्रकाशित

सुदिप पन्त, क्यालिफोर्निया, २३ भदौ । लस्एन्जेलसमा शुक्रवार साँझ भएको एक अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री एब नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार कुनै पनि हालतमा मान्य नहुने बताउनु भएको छ । नेपाली कांग्रेस र एमाले सरकारबाट बाहिरिएको अवस्थामा फेरी पनि त्यही सरकारमा सम्मिलित भएर अगाडि बढ्न नसकिने हुदा सहमितको मार्ग प्रसस्त गर्न डा. बाबुराम भट्टराईले राजिनामा दिनु एक मात्र विकल्प भएको नेता नेपालको जिकिर थियो । नेता नेपालले राष्ट्रिय सहमतिको सरकार बनाएर जनमत संग्रह वा चुनावमा जान सकिने भनाइ राख्दै मुलुकको अहिले जटिल अवस्थामा आफु कसैलाई पनि दोष नदिने पक्षमा रहेको बताए । एक प्रश्नको जवाफमा दक्षिण एसियाका देशबाहेक अरु देशको नागरिक लिएको नेपालीहरुलाई नेपाल सँगको सम्बन्ध अटुट राख्न गैर आवासिय नेपाली नागरिकता प्रदान गरिनु पर्ने र संबिधान लेखिदा त्यस सम्बन्धमा आफुले सक्ने प्रयाश गर्ने बताए । सो कार्यक्रममा स्थानिय श्री पशुपतिनाथ फाउन्डेसनको अध्यक्ष भक्त थापा ,नेपाल अमेरिका एकता समाजको अध्यक्ष उमा थापा ,फ्रेन्डस अफ नेपालका अध्यक्ष डा. शम्भु ढुंगाना ,अमेरिका नेपाल सोसाइटी साउदर्न क्यालिफोर्नियाको अध्यक्ष रबिन्द्र प्रधान ,श्री पशुपतिनाथ फाउन्डेसनका महासचिब प्रेम गुरागाइ, समाजसेवी बेद भक्त जोशी ,कन्हैयालाल कायस्थ ,आमिता पौडेल ,शारदा श्रेष्ठ ,संगिता सिवाकोटी ,साबित्रा ओली मुकुन्द ढुंगाना ,मदन पाठक ,एकराज पाण्डे ,एकता समाजको महासचिब बिमल गुरागाइ ,डिल्ली थापा लगायत धेरै नेपालीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संयोजन राजेन्द्र सिवाकोटिले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन एकता समाजको उपाध्यक्ष सुर्य प्रसाइले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा लस्एन्जल्स निवासी तथा श्री पशुपतिनाथ फाउन्डेसनका महासचिब प्रेम गुरागाइले विश्वब्यापीरुपमा सन्चालन गर्नुभएको बुद्द नेपालमा जन्मेका हुन र सगरमाथा नेपालमा छ भन्ने हस्ताक्षर अभियानको बिषयमा पूर्व प्रधानमन्त्री नेपाललाई अवगत गराउदै नेपाल सरकारबाट स्पस्ट धारणा आउनुपर्ने माग गरेका थिए ।अहिले सम्म नेपालीहरु लगायत नेपाललाई माया गर्ने अन्य देशबाट समेत करीब १५०० हस्ताक्षर संकलन भईसकेको र १० लाख हस्ताक्षर पुर्याउने लक्ष्य लिएको बताउदै यो अभियानमा सरीक हुन http://www.nepalesepride.org/ मा लिन्क गर्न समेत अनुरोध गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न