माओवादी प्रजातन्त्र मास्न लागिपरेको कोईरालाको आरोप

२३ भाद्र २०६९, शनिबार २०:२८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २३ भदौ । नेपाली कांग्रेसका सभापति शुसिल कोईरालाले एकिकृत नेकपा माओवादी लोकतान्त्रिक नहुदा सम्म कुनै नया सम्झौता नहुने स्पष्ट पार्नु भएको छ । कांग्रेसले नै माओवादीलाई शान्तिप्रक्रियामा ल्याएको स्मरण गर्दै सभापति कोईरालाले कांग्रेसले नै माओवादीलाई लोकतान्त्रिक वनाई छाड्ने दावी गर्नु भयो । तयस्को लागि समय लाग्ने कोईरालाको भनाई छ ।
स्याङजा सदरमुकाममा कांग्रेस कार्यकतालाई सम्वोधन गर्दै सभापति कोईरालाले माओवादी प्रजातन्त्र मास्न लागि परेको आरोप समेत लगाउनु भयो । माओवादी तानाशाही भएर लाग्ने हो भने कुनै दिन पतन हुने वताउनु भयो । तानाशाही लादेकै कारण राजतन्त्र पतन भएको स्मरण गर्दै कोईरालाले सवै दल मिल्नु अहिलेको आवशयक्ता रहेको स्पष्ट पार्नु भयो ।
उहाँले विश्वासको वातारण माओवादीवाट विग्रीएको भन्दै सहमति कार्यान्वयन गरेर सहमतिको वातावरण वनाउन माओवादीलाई आग्रह समेत गर्नु भयो । आन्तरिक विवाद मिल्दै गएको वताउदै सभापति कोईरालाले एक ढिक्का भएर पार्टी र भातृ संगठनमा लाग्न निर्देशन दिनुभयो ।
राष्टियता कमजोर हुन थालेका भन्दै सभापति कोईरालाले सवै नेपाली जनता जयनेपालको छहारीमा आउनु पर्ने वताउनु भयो । उहाँले सवैको जय हुने गरी कांग्रेसले देशलाई उच्च वनाउन खोजेको स्पष्ट पार्नु भयो ।कार्यक्रममा स्याङजाका कांग्रेस कार्यकताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको