प्रधानमन्त्री गृहजिल्लामा, सांझ मोर्चाको बैठक बस्दै

२३ भाद्र २०६९, शनिबार १३:०० मा प्रकाशित

काठमाडौं, २३ भदौ । सत्ता साझेदार एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक शनिबार पनि बस्दैछ । आजको बैठकमा नेपाल प्रहरी प्रमुखको नियुक्ति तथा सरकार सञ्चालनमा देखिएका कठिनाईका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारबीच कसलाई महानिरिक्षक बनाउने भन्ने विवाद रहेका कारण नेपाल प्रहरीको प्रमुख नियुक्तिमा समस्या उत्पन्न भएको छ । दलहरुबीच शुक्रबार बसेको बैठकले प्रधानमन्त्री र गृहमन्त्रीको आपसि समाझदारीमा प्रहरी प्रमुख नियुक्ति गर्ने सहमति भए पनि आजसम्म सहमति बन्न नसकेको बालुवाटार सुत्रको कथन छ । आज अबेरसम्ममा नयां प्रहरी प्रमुखको टुंगो लाग्ने सम्भावना रहेको बुझिएको छ ।
प्रधानमन्त्री सहित एकीकृत नेकपा माओवादीका नेताहरु वासु दिवसको अवसरमा गोरखामा आयोजित कार्यक्रममा सहभागी हुन शनिबार बिहानै गोरखा गएकाले बैठक भने साँझ मात्र बस्ने बताइएको छ ।

यसैक्रममा मूल्य बृद्धिको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थी संगठनले शनिबार पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । विद्यार्थीहरुले विभिन्न क्याम्पस अगाडी उपस्थित भई सरकारी सवारीका साधन रोक्ने काम गरिरहेका छन् । विभिन्न नौ विद्यार्थी सङ्गठनले आइतबारका लागि तय गरेको उपत्यका बन्दको कार्यक्रम भने फिर्ता लिइएको छ । अरु नियमित आन्दोलनका कार्यक्रम जारी रहने पनि विद्यार्थी संगठनले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत