ह्यारीको समर्थनमा फेसबुकमा नांगा तस्बीर अपलोड

२३ भाद्र २०६९, शनिबार १२:१८ मा प्रकाशित

काठमाडौं, २३ भदौ । नाङ्गो तस्बिर सार्वजनिक भएपछि विवादमा घेरिएका बेलायतका राजकुमार ह्यारीको पक्षमा बेलायतमा जनलहर उर्लिएको छ। उनको पक्षमा बेलायती सैनिकका पत्नी तथा प्रेमिकाहरुले फेसबुकमा आफ्ना नाङ्गा तस्बिर अपलोड गरेका छन्।
यसरी ह्यारीको समर्थनमा नाङ्गो फोटो अपलोड गर्नेको संख्या ३६ हजार पुगिसकेको बताइएको छभने आफ्नो गुप्ताङ्गमा बन्दुक वा अन्य कुनै वस्तुले ढाकेका तस्बिरहरु फेसबुकमा छ्यासछ्यास्ती भेटिएका छन्।
दैनिक टेलिग्राफका अनुसार ह्यारीको पक्षमा नाङ्गो तस्बिर अपलोड गर्ने होड नै चलेको छ। फेसबुकमा उनीहरुले नारा नै बनाएका छन् – ‘सपोर्ट प्रिन्स ह्यारी विद दी नेकेड सेल्युट ।’ फेसबुकको यो पेजमा २६ हजारभन्दा बढीले लाइक गरिसकेका छन्।
ब्रिटिस सेनामा रहेका ह्यारी लस भेगसमा विदा मनाउन गएका बेला कोठाभित्र एक युवतीसँग उनी नाङ्गै रहेको तस्बिर दुई साताअघि बाहिर आएको थियो। दी सनले उनको नाङ्गो तस्बिर छापेर मुख्य समाचार नै बनायो। दरबारले उक्त फोटो मिडियामा नल्याउन प्रयास गरेको भए पनि रोक्न भने सकेन।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो