चीनमा भूकम्प, ६५ को मृत्यु ७ सयभन्दा बढी घाइते

२३ भाद्र २०६९, शनिबार १२:११ मा प्रकाशित

काठमाडौं, २३ भदौ । चीनको दक्षिण पश्चिङमी युनान र ग्विजाउ प्रान्तमा दुइपटक गरी गएको भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ। शुक्रबार गएको ५.६ रेक्टर स्केलको भूकम्पमा परी कम्तिमा ७ सय घाइते भएका छन्भने ७ लाख मानिसहरु प्रभावित भएको छ। भूकम्प प्रभावित कतिपय गाउँमा जाने बाटोसमेत ढुंगा खसेर अवरुद्ध भएको छ। प्रभावित स्थानमा दुरसंचार र विजुलीसमेत बन्द भएको बताइएको छ।
शनिबार बिहानैदेखि ती स्थानहरु जाने बाटो खुलाउने काम जारी छ। पहाडी क्षेत्रमा गएको भूकम्पका कारण उद्दार कार्यमा कठिनाइ आएको बताइन्छ।
चाइना सेन्टरल टेलिभिजनले युनान प्रान्तमा भएको क्षतिलाई प्रसारण गरेको थियो। यो धेरै प्रभावित प्रान्त हो। झोआटोंगमा १ लाख मानिस घरबारबिहिन भएका छन्। २० हजार घर भत्किएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार