कर्मचारीलाई बाहिर ननिस्कन अमेरिकी दूतावासको निर्देशन

१४ बैशाख २०७८, मंगलवार १४:०८ मा प्रकाशित

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि दूतावासले यस्तो निर्देशन दिएको हो । दूतावासले आफ्ना कर्मचारीहरुलाई निवासमै आश्रय लिन र अनावश्यक यात्रा नगर्नसमेत निर्देशन दिएको छ ।

दूतावासले नेपालमा घर बाहिर यात्रा गर्ने अमेरिकीहरुलाई आफ्नो घरमा वा निवासमा फर्कनका लागि रोकावट हुनसक्नेतर्फ पनि सचेत गराएको छ । साथै उच्च सतर्कता अपनाउन पनि भनेको छ ।

दूतावासले उडान रद्द भएको वा प्रतिबन्धहरु लागे नलागेको जाँच गर्न, नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको वेबसाइट जाँच गर्न, नेपालको अध्यागमनबारे अपडेटका लागि नेपाल सरकारको अध्यागमन विभागको वेवसाइट जाँच गर्नलगायत उपाय अपनाउन पनि दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)