मेसिनबाटै बैंकमा रकम जम्मा हुने प्रविधि जडान

२३ भाद्र २०६९, शनिबार ११:४७ मा प्रकाशित

काठमाडौ, २३ भदौ । एभरेस्ट बैंकका ग्राहकलाई खुशीको समाचार छ । सो बैंकका ग्राहकले पैसा जम्मा गर्न अब काउन्टरअगाडि लाइन बस्नु नपर्ने भएको छ । एटीएमजस्तै गनेर जिम्मा लिने क्यास कलेक्सन मेसिनु बैंकले प्रयोगमा ल्याउन लागेको हो । उसले आफ्ना केही शाखामा ती मेसिन जडान गरिसकेको छ । ती मेसिनमार्फत ग्राहकले मानिसको सहायताबिना आफ्नो खातामा रकम जम्मा गर्न सक्ने छन् ।
बैंकले जानकारी गराएअनुसार स्क्रिन टच प्रविधियुक्त मेसिनमा ग्राहकले छुनासाथ खाता नम्बर माग्छ । नम्बर टाइप गरेपछि खातावालाको नाम स्क्रिनमा देखिन्छ । नाम सही भएको यकिन गरेपछि ग्राहकले मेसिनको ट्रेमा नोट राख्नुपर्छ । मेसिनले कुन दरको नोट कति वटा राख्यो भन्ने विवरणसहित जम्मा भएको रकम डिस्प्लेमा देखाउँछ । जम्मा भएको ठीक लागे ग्राहकले इन्टर गरेर खातामा जम्मा गर्न स्वीकृति दिन सक्छन्, नभए नोट फिर्ता लिन सकिन्छ । मेसिनले त्यसमा प्रविष्ट गराएको कुनै मुलुकको नोटबाहेक अरू मुलुकको नोट स्विकार्दैन । नक्कली, टालेको, टेपले टाँसिएको, टिपेक्स लगाइएको नोट पनि मेसिनले अस्वीकार गर्छ । मेसिनमा हरेकपटक जुनसुकै दरका ४० वटासम्म नोट जम्मा गर्न सकिन्छ । मेसिनले नगद स्विकारेपछि त्यसको रिसिप्ट ग्राहकलाई उपलब्ध गराउँछ ।
उक्त मेसिनको अर्को फाइदा भनेको जम्मा गरेको रकम अनलाइन मार्फत तुरुन्त खातामा देखिनु पनि हो । काउन्टरमा जम्मा गरेको रकम तुरुन्त स्टेटमेन्ट झिक्दा ब्यालेन्स देखिँदैन । अहिले कार्यालय समयभन्दा अघि वा पछि बैंक खातामा रकम जम्मा गर्न सकिँदैन । मेसिन जडान गरेपछि जुनसकै बेला रकम जम्मा गर्न सकिनेछ ।
एभरेस्ट बैंकले उसका ५ वटा शाखामा यस्ता मेसिन जडान गरिसकेको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाट, मुख्य शाखा नयाँबानेश्वर, शाखा कार्यालयहरू न्युरोड, चाबहिल र पुल्चोकमा यस्तो मेसिन जडान गरेको छ । हाल बैंकले यस्तो मेसिन कार्यालय समयमा मात्र सञ्चालनमा ल्याउने छ तरकेही दिनभित्रै २४ घन्टै खुला गरिने बताइएको छ । ग्राहकले रकम जम्मा गर्न सुरुमा बैंकका कर्मचारीले सहयोग गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ