बजेट अभावका कारण “लुम्बिनी भ्रमण बर्ष-०१२” असफल

२३ भाद्र २०६९, शनिबार ११:२५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही २३ भदौ । बुद्धजन्मस्थल लुम्बिनीको बिषयमा फैलिएको भ्रम हटाउने र नेपालको आर्थिक विकासका लागि विदेशी मुद्रा आर्जन गर्ने उद्देश्यका साथ मनाउन थालिएको लुम्बिनी भ्रमण बर्ष २०१२ बजेट अभावका कारण असफलताको शिकार बन्दैछ ।
भ्रमण बर्ष २०१२ लाई आवश्यक पर्ने रकम अभावको कारण भ्रमण बर्ष लगभग असफल भएको छ । अवधि केहि महिना अझै बांकी रहे पनि भ्रमण बर्ष नारामा मात्र सिमित भएको छ ।
पटक–पटक सरकारसंग २ करोडको बजेट माग गरे पनि अर्थमन्त्रलायले बजेट उपलब्ध नगराएको कारण भ्रमण बर्ष सपल हुन नसकेको कोषका उपाध्यक्ष कर्मा स्याङ्वोले बताए । कोषले उद्घाटनबाहेक अरु केही गर्ने नसकेको उनको कथन छ ।
‘कार्यक्रम अनेक घोषणा भएका थिए, तर रकमको अभावको कारण क्रियान्वयन हुन सकेन, अहिले पनि सरकारले रकम उपलब्ध गराए भ्रमण वर्ष निकै हदसम्म सफल हुन सक्छ’, पुर्व सदस्य–सचिव राजेन्द्र थापा मगरले बताए ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०११ को समापन र २०१२ को उदघाटन एकै दिन भब्य समारोहका साथ गरेका थिए । स्थानीय जानकारहरु भने लुम्बिनी विकास कोष र संस्कृतिमन्त्रालयको तालमेल नहुंदा यस्तो अवस्था आएको बताउंछन् । सरकारले भ्रमण बर्ष घोषणा गरेपछि पनि पर्यटन क्षेत्रमा पर्यटकहरु निकै बढेको लुम्बिनी विकास कोषका सुचना अधिकृत हरिध्वज राईले बताए । १५ प्रतिसत पर्यटक बढेको समेत उनको भनाई छ । तर, सरकारका लागि त कौवालाई बेल पाकेसरह भएको छ लुम्बिनी भ्रमण बर्ष २०१२ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार